• The Public Today
  • महोत्तरीमा सशस्त्र प्रहरीद्वारा ट्रयाक्टर सहित काठ प्रकाउ


    राजेश सिंह
    गौशाला, भदौ ४ गते :
    महोत्तरीको गौशालामा सशस्त्र प्रहरीले ट्रयाक्टर सहित काठ बरामद गरेको छ ।

    [custom-facebook-feed]

    गौशाला नगरपालिका ८ बेलगाछीमा मंगलबार राति करिब २ बजे शंका लाग्दा टयाक्टरलाई चेकजाच गर्दा करिब ४०-५० किउफिट सालको काठ पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश क्याप रामनगरका प्रहरी निरिक्षकस् हरित बढुवालले जनाउनुभयो ।

    निरिक्षक बढुवालको नेतृत्वमा गएको टोलीले जंगलबाट लुकाईछिपाई ज १ त ८२३ नम्बरको टयाक्टरमा लोड गरि बेलगाछी तिर ल्याउदै गरेको अवस्थामा टयाक्टर माथि शका लाग्दा चेकजाच गर्ने क्रममा सालको काठ बरामद गरेको जनाएको छ ।

    बरामद गरिएको ट्रयाक्टर सहित सालको काठ डिभिजन वन कार्यालय महोत्तरीमा बुझाएको बढुवालले जानकारी दिनुभयो ।


    क्याटेगोरी : राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस