महाेत्तरीमा मेयरले बाँडे ५३ दलित छात्राहरूलाई साईकल

राजेश सिंह
गाैशाला, भदौ ४ गते ।
महाेत्तरीको गौशाला नगरपालिकाका नगरप्रमुखले ५३ जना दलित छात्राहरूलाई साईकल वितरण गरेका छन् ।

[custom-facebook-feed]

गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले नगर भित्रका कक्षा ८ र ९ मा अध्ययनरत ५३ जना छात्राहरुलाई साईकल वितरण गरेका हुन् । बुधबार गाैशालास्थित त्रिभुवन माविको प्राङ्गणमा एक कार्यक्रमकाबीच कक्षा ८ र ९ मा अध्यनरत दलित छात्राहरलाई साईकल वितरण गरिएको हो ।

साईकल वितरण गर्दै नगरप्रमुख महतोले नगरपालिकाको आगामी बजेटबाट नगर भित्रका सबै विधालयका छात्राहरलाई साईकल वितरण गर्नै प्रतिबद्धता जनाए । शिक्षाको क्षेत्रमा सबै भन्दा पछाडी दलित समुदायका बालबालिकाहरु परेकाले विधालयसम्म ल्याउनका लागि छात्राहरलाई साईकल वितरण गरेको मेयर महतोले बताए ।