• The Public Today
  • जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षक घुस सहित पक्राउ


    शैलेन्द्र महतो
    जनकपुरधाम, भदौ ४ गते :
    जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षक १ लाख ५० हजार रुपैयाँ घुस सहित रंगेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षक मोहन यादव रहेका छन् ।

    [custom-facebook-feed]

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले बुधबार साँझ जलेश्वर नगरपालिका–२, खैराचोकबाट घुस रकम सहित रंगेहात पक्राउ गरेको जनाएको छ ।

    सर्वेक्षक यादवले घर नक्सा अनुसार नभएको भनि विभिन्न बहाना बनाई मुद्दा मिलाई दिन्छु भनि एक सेवाग्राहीबाट १ लाख ५० हजार घुस लिर्दै गरेको अवस्थामा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको जनाएको छ ।

    उनले घुस मागेपछि सेवाग्राहीले अख्तियारमा जानकारी गराएका थिए । सोहि अनुसार खटेको अख्तियारको टोलीले सर्वेक्षक यादवलाई घुस सहित पक्रेको हो । यादवमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस