• The Public Today
  • राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता


    काठमाडौं, भदौ ५ गते । भारतीय विदेशमन्त्री सुब्रहमन्यम जयशंकरले राष्ट्रपति विद्यादेवि भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। 

    [custom-facebook-feed]

    नेपाल भारतको संयुक्त बैठकमा भाग लिन हिजो नेपाल आएका विदेशमन्त्री जयशंकरले आज विहान राष्ट्रपति कार्यालय शितल निवासमा भेटवार्ता गरेका हुन्।

    राष्ट्रपतिसँगको भेटमा नेपाल र भारत सम्बन्धका बारेमा चर्चा भएको शितल निवासले जनाएको छ। यसअघि मन्त्री जयशंकरले आजै विहान पशुपतिनाथको दर्शन गरेका थिए ।

    जयशंकरले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । आज उनले विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    दुई दिने नेपाल भ्रमणमा आएका विदेशमन्त्री जयशंकर आजै स्वदेश फर्कने कार्यक्रम छ ।


    क्याटेगोरी : राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस