• The Public Today
  • प्रदेश २ को नाम ‘मिथिला भोजपुरा’ र राजधानी ‘जनकपुरधाम’ राख्न कांग्रेसको प्रस्ताव


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, भदौ ५ गते ।
    प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रदेश २ को नाम मिथिला भोजपुरा र राजधानी जनकपुरधाम उपमहानगनरपालिका राख्ने प्रस्ताव पेश गरेको छ ।

    [custom-facebook-feed]

    बिहीबार प्रदेशसभा सचिवालयमा प्रदेश २ को नाम मिथिला भोजपुर र राजधानी जनकपुरधाम उपमहानगरपालिका भित्रलाई राख्ने गरी प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गर्नका लागि प्रस्ताव पेश गरेको हो ।

    प्रदेशको नाम मिथिला-भोजपुरा राख्ने प्रस्तावका प्रस्तावक कांग्रेसका सांसद नरेश कुमार यादवले छन् भने शोभा लामा र उपेन्द्र कुसवाहा समर्थक छन् । प्रदेशको राजधानीबारे कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रस्ताव दर्ता गराएका छन्, जसको समर्थकमा नरेश कुमार यादव, उपेन्द्र प्रसाद कुसवाहा र सरस्वती चौधरी छन् ।

    यता कांग्रेसका सात जना प्रदेश सांसदले भने पार्टी संसदीय दलको निर्णय विपरीत प्रदेश २ को राजधानी र नामाकरणको सवालमा फरक मत राख्दै प्रदेशसभा सचिवालयमा प्रस्ताव पेश गरेका छन् ।

    प्रदेश सांसद राजेश्वर प्रसाद साहको नेतृत्वमा फरक मत राख्दै प्रदेश २ को नाम ‘मध्य मधेश’ र राजधानी ‘वीरगञ्ज’ राख्नुपर्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका हुन् ।

    कांग्रेसका सांसद साह सहित ओमप्रकाश शर्मा, शंकर प्रसाद चौधरी र असियादेवी थरुनी नाम ‘मध्य मधेश’ र राजधानी ‘वीरगञ्ज’ हुनुपर्ने पक्षमा छन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस