२ लाख ५० हजार अवैध भारुसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज, भदौ ६ गते । वीरगञ्जबाट २ लाख ५० हजार अवैध भारु सहित भारतीय नागरिक पक्राउ परेको छ ।
[custom-facebook-feed]
भारत विहार वैशाली थाना लालगञ्ज पोष्ट खन्जाहा चौक बस्ने ३६ वर्षीय मिथिलेस कुमारलाई प्रहरीले बिहीबार अवैध भाररुसहित पक्राउ गरेको हो ।
वीरगञ्ज–१६ ईनर्वा, शंकराचार्य गेट स्थित नेपालबाट भारततर्फ पैदल जाँदै गरेका मिथिलेसको साथबाट भारतीय रुपैया २ लाख ५० हजार फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता डीएसपी अनन्तराम शर्माले जानकारी दिए ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
क्याटेगोरी : अपराध, समाज
प्रतिक्रिया दिनुहोस