• The Public Today
  • सुपारी दिएर श्रीमतिद्वारा श्रीमानको हत्या, हत्यामा संलग्न चार पक्राउ


    पब्लिक टुडे समाचारदाता
    महोत्तरी, भदौ ६ गते :
    महोत्तरीको बर्दिबासमा सुपारी दिएर श्रीमतिद्वारा श्रीमान्को हत्या घटनामा संल्गन चारजना पक्राउ परेका छन् ।

    [custom-facebook-feed]

    श्रीमतिले पेसेर अपराधी प्रयोग गरेर श्रीमानको हत्या गराएको रहस्य शुक्रवार इलाका प्रहरी कार्यालय बर्दिवासमा पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्याम कृष्ण अधिकारीले बताएका छन् ।

    बर्दिबास नगरपालिका–३ गौरीडाँडाका ३६ बर्षीय सरोज भनिने श्रवन थापालाई श्रीमति पूजा थापाले सुपारी दिएर हत्या गराएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी अधिकारीले जनाए ।

    गतअसार ३१ गते सरोजको हत्या गरेर शव फालेको अवस्थामा विपि राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–३, मृतिपार्क नजिकै फेला परेको थियो । पूजाले श्रीमान्को हत्या गराउन आफ्नै बहिनी मार्फत पेसेवर अपराधी बोलाएर हत्या गराएका थिए ।

    हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेर सर्वाजनिक गरेको छ । पक्राउ पर्नेमा सर्लाही धनकौल गाउँपालिका– ३ हरकटवाका २७ बर्षीय प्रमोद सिंह, वडा– २ बस्ने २७ बर्षीय मुकेश साह, रौतहटको गढीमाई नगरपालिका–६ बखरी टोलका ३३ बर्षीय जिला भन्ने श्रीनारायण महरा र ४६ बर्षीय टिआई सहनी रहेका एसपी अधिकारीले बताए ।

    सरोजलाई हत्या गर्न उनकीश्रीमति साँढे चार लाखदिएर आफ्नीबहिनीमार्फत हत्या गराएको बताइएको छ ।


    क्याटेगोरी : अपराध, ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस