• The Public Today
  • चुरे क्षेत्रको संरक्षण अति आवश्यक : राज्यमन्त्री शर्मा


    राजेश सिंह
    महोत्तरी, भदौ ८ गते ।
    प्रदेश नं. २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्माले मानजीवनलाई रक्षा गर्नका लागि चुरे क्षेत्रको संरक्षण अति आवश्यक रहेको बताएका छन् ।

    [custom-facebook-feed]

    हरित प्रदेश अभियान अन्तर्गत शनिवार महोत्तरीको गौशालामा वृक्षारोपण शुभारम्भ गर्दै उनले वृक्षारोपण गर्नुको साथै नदी उत्खन्नमा रोक लगाउनुपर्नेमा जोड दिएका हुन् । आठ वटै जिल्लामा शनिबारदेखि नै वृक्षारोपण कार्यक्रम सुरु गरेको मन्त्री शर्माले बताए ।

    एक फरक प्रसंगमा राज्यमन्त्री शर्माले जल, वन र जंगललाई प्रदेशको अधिनमा ल्याउनका लागि प्रदेश सरकारले आफनो लडाई जारी राखेकोेले संघीय सरकारले अधिकार दिएमात्र सरकारको समृद्धि नेपालको सपना साकार हुने धारणा राखे ।

    गौशाला नगरपालिका–१० थापाटोल भन्दा करिब एक किलोमिटर उत्तरतर्फ मरहा खोलामा रहेको १० हेक्टर जमिनमा वृक्षारोपण सुरु गरिएको हो ।

    वृक्षारोपण कार्यक्रममा बोल्दै गौशाला नगरपालिकाकी उपमेयर आशा लामाले वर्षेनी खोलाले यहाँका हजारौं बिग्हा जमिन कटान गर्दै आएकोले यहाँको खोलामा तटबन्धन गर्नका लागि प्रदेश सरकारसमक्ष आग्रह गरे ।

    यस्तै बर्दिवास नगरपालिका १३ बिजलपुरामा पनि वृक्षारोपण शुभाराम्भ भएको छ । जिल्लामा २० हेक्टर क्षेत्रफलमा ३२ हजार थान विरुवा रोपिने योजना रहेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्त कुमार साहले बताए । विरुवाहरु टिक, खैर, टाकिया, मसाला, सिसो, अमला जातका विरुवाहरु लगाउने योजना रहेको प्रमुख शाहले जनाए ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस