• The Public Today
  • निर्माणाधीन घरको छतबाट खस्दा मजदुरको ज्यान गयो, अर्का घाइते


    पब्लिक समाचारदाता
    जनकपुरधाम, भदौ ९ गते :
    जनकपुरमा निर्माणाधीन घरको छतबाट खसेर एक मजदुरको ज्यान गएको छ भने अर्का एक मजदुर घाइते भएका छन् ।

    [custom-facebook-feed]

    ज्यान जानेमा सप्तरीको सम्भुनाथ नगरपालिका ६ बगरहटबाट ४० वर्षीय नन्दु मण्डल रहेको धनुषा प्रहरीले जनाएको छ ।

    जनकपुरधाम उपमहानगरपालिका १३ पीडारीका रामसोगारथ साहको निर्माणाधिन घरको छतमा काम गरि रहेको बेला सोमबार बिहान दुवैजना लडेको थिए । मृत्य मण्डललाई टाउको, छाती र खुट्टामा गम्भीर चोट लागेको कारण घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

    यस्तै, घाइते हरिकातन्त मण्डलको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनी दुवै मृतककै छिमेक हुन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस