• The Public Today
  • नेकपा नेता प्रभु साहको राजीनामा अस्वीकृत


    काठमाडौं, भदाै ९ गते ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता प्रभु साहले प्रदेश नम्बर २ को अध्यक्ष पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ ।

    [custom-facebook-feed]

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सोमबार बसेको नेकपा सचिवालय बैठकले साहको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो ।

    महासचिव विष्णु पौडेलले साहको राजीनामा अस्वीकृत भएको पुष्टि गरेका छन् । साहले अघिल्लो आइतबार अध्यक्ष प्रचण्डसमक्ष राजिनामा पेस गरेका थिए ।

    पार्टी नेतृत्वबाट असहयोग भएको भन्दै साहले प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएको उल्लेख गरेका थिए ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस