• The Public Today
  • जिल्ला प्रशासन कार्यालय बाराका लेखापाल घुससहित पक्राउ


    जयनारायण यादव
    वारा, भदौं ९ गते :
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रशासन कार्याल बाराका लेखापाललाई घुस रकमसहित पक्राउ गरेको छ ।

    [custom-facebook-feed]

    आयोगको हेटौंडा कार्यालयबाट खटेको टोलीले जिल्ला प्रशासन कार्यालयका लेखापाल जयदेव सिंह थारुलाई पक्राउ गरेको हो । थारुलाई कलैया भरत चोकको भान्सा घर होटलबाट २५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

    फेंटा गाउँपालिकामा कार्यरत रहेको बेला योजनाको रकम भुक्तानी दिएका लेखापाल थारुले कमिसनबापत सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएको आयोगले जनाएको छ । लेखापाल थारु गएको भाद्र ३ गते फेंटा गाउँपालिकाबाट रवाना लिएर जिल्ला प्रशासन कार्यालयमा हाजिर भएका थिए ।

    पटक पटक फोनमार्फत सेवाग्राहीलाई घुस रकमको लागि लेखापाल थारुले दबाव दिइरहेका थिए । पक्राउ परेका थारुलाई थप कारबाहीको लागि काठमाण्डौ पठाइने आयोगले जनाएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस