• The Public Today
  • विदेह नपा ७ औं पालिकाको रुपमा खुल्ला दिसामुक्त घोषणा


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधम, भदौं १० गते :
    धनुषाको विदेह नगरपालिका खुल्ला दिसामुक्त घोषणा भएको छ । सोमवार विदेह नगरपालिका ७ औं पालिकाको रुपमा खुल्ला दिसामुक्त घोषणा गरिएको छ ।

    [custom-facebook-feed]

    विदेह नगरपालिकाको मेयर बेचन दासको अध्यक्षता तथा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम सम्पन्न भएको हो ।

    विदेह नगरपालिकालाई धनुषाको ७ औं पालिकाको रुपमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल र विदेह नगरपालिकाका मेयर बेचन दासले संयुक्त रुपमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेका छन् ।

    कार्यक्रम वक्ताहरुले खुल्ला दिसामुक्त क्षेत्र घोषणा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । खुल्ला दिसामुक्त घोषणा भएर मात्र नभई सबैले शौचालयमा मात्र दिसापिसाव गरी बाहिर स्वच्छ सफा राखे मात्र खुल्ला दिशामुक्त क्षेत्रले सार्थकता पाउने बताएका छन् ।

    यस्तै कार्यक्रममा विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजिव साहरले नगरको सार्वजनिक स्थानहरुमा शौचालय निर्माण गर्ने योजना रहेको बताएका छन् ।

    खुल्ला दिसामुक्त क्षेत्र घोषणा समारोहमा जिल्ला समन्वय समिति धनुषाको उपसभापति, स्थानीय जनप्रतिनिधी, पूर्व सभासद रामअवतार पासवान, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।


    क्याटेगोरी : राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस