• The Public Today
  • महोत्तरी : बोक्सी भन्दै छिमेकीलाई मलमूत्र खुवाउने २ महिला जेल चलान


    पब्लिक टुडे समाचारदाता
    महोत्तरी, भदौ १० गते ।
    महोत्तरीमा बोक्सीको आरोपमा छिमेकीलाई मलमूत्र खुवाउने दुई महिलालाई जेल चलान गरिएको छ ।

    [custom-facebook-feed]

    भंगहा नगरपालिका-४ रामनगर बिर्ताकी ३८ वर्षकी चन्दनदेवी दनुवारलाई बोक्सी भन्दै मलमुत्र खुवाएको आरोपमा स्थानीय जागेश्वरीदेवी दनुवार र ईन्दुदेवी दनुवारलाई महोत्तरी जिल्ला अदालतको आदेशमा सोमबार पूर्वपक्षका लागि कारागार चलान गरिएको हो ।

    अदालतको बेन्च नं. १ बाट जिल्ला अदालत महोत्तरीका प्रमुख तथा न्यायाधीश विष्णु सुवेदीले पुर्पक्षका लागि थुनामा राख्नु भन्ने आदेश दिएको स्रेस्तेदार मनोज श्रीवास्तवले वताए । उनले अदालतको आदेश भए लगतै दुवै आरोपीलाई जलेश्वर कारागार पठाइएको जनाए ।

    गत साउन ३२ गते खेतबाट घाँस लिएर फर्किदै गरेकी चन्दनदेवीलाई स्थानीय चारजना महिलाले बाटोमा घेरेर बोक्सी आरोपमा मानव मलमुत्र खुवाएका थिए । घटना लगतै २ जना फाउ परेका थिए भने २ जना अझै फरार छन् ।

    महोत्तरी : बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाइयो


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस