• The Public Today
  • रौतहटमा १६ जना फरार अभियुक्त पक्राउ


    पब्लिक टुडे समाचारदाता
    रौतहट, भदौ १० गते ।
    रौतहट प्रहरीले विभिन्न मुद्दाका फरार १६ जना अभियुक्तलाई पक्राउ गरेको छ ।

    [custom-facebook-feed]

    जिल्ला प्रहरी कार्यालय रौतहटले कर्तव्य ज्यान, जबरजस्ती करणी, ज्यानमार्ने उद्योगलगायत विभिन्न मुद्धामा जिल्ला अदालत गौरबाट अपराध प्रमाणित भई लामोसमयदेखि फरार रहेका १६ जना अभियुक्तलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको फरार अभियुक्त पक्राउ गर्ने अभियान अन्तर्गत यस आर्थिक वर्षको वैशाखदेखि साउन मसान्तसम्म चार महिनाको उक्त अभियुक्त पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिए ।

    पक्राउ परेका केही अभियुक्तहरुलाई थप कारवाहीको लागि जिल्ला अदालत गौरमा पेस गरिएको छ भने फैसला भइसकेका केहीलाई अदालत मार्फत कैद भुक्तानीको लागि गौर कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


    क्याटेगोरी : अपराध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस