• The Public Today
  • अनियमितता भएको भन्दै विद्यालयमा स्थानीयले लगाए ताला, विद्यार्थीद्वारा प्रदर्शन


    धर्मेन्द्र कुमार यादव
    सर्लाही, भदौ १० गते ।
    विद्यालयका व्यवस्थापन समिति र प्रधानाध्यापकको मिलोमतोमा सर्लाहीका एक विद्यालयमा अनियमितता भएको भन्दै स्थानियहरु तालाबन्दी गरेका छन् । हरिपुर्वा नगरपालिका वडा नं. ५ स्थित रहेको केश्वर गरिब जनता माविमा तालाबन्दी गरिएको हो ।

    [custom-facebook-feed]

    विद्यालय व्यवस्थापन समिति र प्रध्यानाध्यापक फेकु यादवको मिलेमतोमा विद्यालयमा व्यापक अनियमितता भएको भन्दै स्थानीयबासिन्दाले ६ सुत्रिय माग राख्दै मंगलबार तालाबन्दी गरेका हुन् ।

    प्रधानाध्यापक फेकु राय भ्रष्ट र असक्षम भएको हुँदा तुरुन्त सरुवा हुनुपर्ने, विद्यालयमा नयाँ भर्ना भएको शिक्षकहरुलाई खारेजी गर्नुपर्ने, व्यवस्थापन समिति खारेज हुनुपर्ने, विद्यालयको सम्पूर्ण आय र व्यय अबिलम्ब सार्वजनिक गर्नुपर्ने र केही दिन अघि भएको पाँच जना शिक्षकको भर्ना रद्द गर्नुपर्ने माग स्थानीयबासिन्दाको छ ।

    माग पुरा नहुञ्जेलसम्म तालाबन्दी तालाबन्दी जारी रहने स्थानीय अभिभावक बिनोद साहले बताए । प्रअ फेकु यादव निमाविका शिक्षक भएकोले मावि शिक्षक आए प्रअ पदबाट हट्ने स्वतः प्रावधान भएकाले भएका शिक्षकलाई सरुवा गराई पठन पाठन समाप्त गर्ने षडयन्त्र भएकाले तालाबन्दी गरेको अभिभावक जगेश्वर रायको भनाई छ ।

    यता प्रअ यादवले विद्यालयमा सबै शिक्षकको दरबन्दी पुरा भएकाले भदौ १५ गते चक्रघाटा गाउपालिका स्थित अध्यापन गराइरहेका माविका शिक्षक धनेश्वर साहलाई सरुवा सहमति पत्र नदिएकोले आफुमाथि यस्तो आरोप लगाइएको बताएका छन् । दरबन्दी नै खाली नभएको ठाउँमा कसरी सरुवा पत्र दिने, सरुवा पत्र नदिएकोले विभिन्न बहाना बनाइ विद्यालयमा तालाबन्दी र विद्यार्थीहरुलाई उक्साएर आन्दोलन गराएको प्रति आफुलाई दुख पनि लागेको प्रअ यादबले बताए ।

    यसैबिच विद्यालयमा तालाबन्दी भएपछि विद्यालयका विद्यार्थीहरु हरिपुर्वा बजार चौकमा टायर बाली प्रदर्शन गरेका छन । बिहान साढे १० बजे देखि चलिरहेको परीक्षा रोकि तालाबन्दी भएपछि विद्यार्थीहरु आन्दोलित बनेका हुन् ।

    घटना स्थलमा अहिले नेपाल प्रहरी र शस्त्र प्रहरी परिचालन गरिएको सर्लाही प्रहरीले जनाएको छ । प्रधानाध्यापकले व्यापक भ्रष्टाचार गरेको भन्दै सोमवार विद्यालय व्यवस्थापन समितिको बैठकमा दिउँसो दुई पक्षबिच झडप पनि भएको थियो । झडपमा परी खगेन्द्र यादव र मनोज राय गम्भिर घाइते भएका थिए । घाइते दुबै जनाको जनकपुर अस्पतालमा उपचार भैइरहेको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस