• The Public Today
  • घर भाडा घटाउन मेयरलाई ज्ञापन


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, भदौ ११ गते ।
    जनकपुरधाम उपमहानगरपालिकामा घर भाडा घटाउन मेयरलाई ज्ञापन बुझाइएको छ ।

    [custom-facebook-feed]

    जनकपुरधामका व्यापारीहरु बढेको अचाक्ली भाडाले पलायन हुने अवस्थामा पुगेको भन्दै भाडा घटाउन पहलका लागि जनकपुरधाम उपमहानगपालिकामा ज्ञापनपत्र बुझाइएको हा । धनुषा चेम्वर अफ कमर्सका अध्यक्ष विजय कुमार साहको नेतृत्वमा गएको टोलीले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई ज्ञापन बुझाउँदै भाडा घटाउनका लागि पहल गर्न आग्रह गरेका छन् ।

    ज्ञापनपत्रमा जनकपुरधामका व्यापारीहरु मधेश आन्दोलनदेखि लिएर जनकपुरधाम पुनः निमार्णको क्रममा आ–आफ्नो पसल बन्द गर्दा लाखौंको क्षति भएको र यसरी पटकपटक हुने व्यापार घाटा सहेर पनि घरधनिहरुले अप्रत्यासीत रुपमा बढाएको घर भाडाले व्यापारीहरु पलायन हुने अवस्थामा पुगेको उल्लेख छ ।

    एक वर्ष पहिले १० देखि १५ हजार घर भाडा तिर्ने व्यापारी अहिले त्यहि पसलको २५ देखि ४० हजार सम्म भाडा तिर्न बाध्य भएको र दुइ देखि तीन गुणा भन्दाबढि घर भाडा,बैंकको चर्को व्याजले व्यापार नै धाराशायी हुने अवस्थामा पुगेको ज्ञापन पत्रमा उल्लेख छ । चर्को भाडादरका कारण व्यापारीले आफ्नो व्यापार घाटा कर्म गर्न अन्य बजारमा पाँच सयमा पाउने समान यहाँका व्यापारीले सात सय देखि आठसय सम्ममा बेच्नुपर्ने बाध्यात्मक अवस्थामा रहँदा उपभोक्ताहरु सस्तोमा सामान किन्नका लागि सिमावर्ती बजार धाउन लागेपछि जनकपुरधामको बजारको आर्थिक गतिविधी शिथिल हुँदै गएको छ ।

    धाराशायी हुँदै गएको व्यापारलाई उकास्न तथा पलायन हुने अवस्थामा पुगेका व्यापारीलाई रोक्न स्थानीय सरकारको हैसियतले जनकपुरधाम उपमहानगरपालिकाले सार्थक कदम चाल्न आवश्यक रहेको र जनकपुरधाम बजारको एरिया अनुसार भाडा तोकिएको खण्डमा व्यापारीहरुलाई सहुलियत हुनुको साथै नगरपालिकाको राजश्वमा समेत वृद्धि हुने ज्ञापनपत्रमा उल्लेख छ ।

    यता, ज्ञापन बुभ्mदै नगर प्रमुख साहले भाडादरको समस्या समाधानका लागि त्रिपक्षीय सहयोगको आवश्यकता रहेको बताए । उनले भाडादर मिलाउनका लाग व्यापारी, चेम्वर र घरधनी तीनै जनालाई एक ठाउँमा बसाएर समन्वय गर्ने बताए । उनले बढेको भाडादरका कारण व्यापार धाराशायी अवस्थामा पुगेकोले छिट्टै बैठक बसेर समस्या समाधानका लागि पहल गर्ने समेत बताएका छन् । आजको ‘द पब्लिक टुडे’ दैनिकमा समाचार छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस