जनकपुरको फुटपाथमा नरिवल बेच्ने गरिबमाथि प्रहरीको ज्यादती

जनकपुरधाम, भदौ १२ गते । जनकपुरको फुटपाथमा नरिबल बेचेर गुजारा गर्ने एक किशोर प्रहरीबाट कुटिएका छन् ।

[custom-facebook-feed]

जनकपुरको जानकीचोकस्थित फुटपाथमा नरिबल बेच्ने १६ वर्षका रोशनकुमार चौधरीलाई बिहीबार दिउँसो प्रहरीले कुटपीट गरेका हुन् ।

जानकी मन्दिर परिसरका पर्यटक प्रहरी जवान प्रेमशंकर यादवले रोशनलाई कुटपीट गरेका हुन् । रोशनको गालामा प्रहरी जवान शंकरले मुकाले हानेका छन् ।

प्रहरी जवानले भनेको अनुसार पैसा नदिँदा आफुलाई कुटपीट गरेको रोशनले दुखेसो पोखेका छन् । पैसा दिने व्यपारीहरुलाई केहि नगरेको र आफुले पैसा नदिँदा कुटपीट गरेको रोशनको गुनासो छ ।

यस अघि मंगलबार प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले प्रहरी संगठन भित्र गलत क्रियाकलाप गर्ने जुनसुकै प्रहरीलाई कार्वाही बाँकी नराख्ने प्रतिवद्धता जनाएको दुईदिन नबित्दै प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा प्रहरी जवानले एक बालकमाथि यसरी निर्घाट कुटपिट गरेपछि प्रहरी संगठनमाथि प्रश्न उठेको छ ।