बजार व्यवस्थापन गर्न सर्वपक्षीय सहमति

पब्लिक टुडे समाचारदाता
बर्दिवास, भदौं १३ गते :
महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ स्थित बजार व्यवस्थापन गर्न सर्वपक्षीय सहमति भएको छ ।

[custom-facebook-feed]

बर्दिवास नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय अधिनस्त बजारलाइ व्यवस्थित गर्न बर्दिवास नगरपालिका, राजनीतिक नेतृत्व, विद्यालय प्रशासन, स्थानीय प्रहरी÷प्रशासन र यहाँका नागरिक समाज सहमत भएका हुन् ।

बुधबार विद्यालयमा बसेको सर्वपक्षीय बैठकले बजारलाइ आधुनिक र व्यवस्थित विस्तृत कार्य योजना बनाउने र बजार क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्वासीहरुको पहिचान गरेर उनीहरुको वैकल्पिक बसोबास प्रबन्धका लागि कार्यदल बनाउने सहमति गरेको हो ।

प्रदेशसभा सदस्य शारदा थापा, बर्दिवास नगरपालिकाका मेयर, उपमेयर, सम्बन्धित वडाअध्यक्षहरु, जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधि र बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारीसहितको बैठकले यस्तो निर्णय गरेको छ । जनता माबि अधिनस्त बजार क्षेत्रमा अब्यवस्थित १२९ वटा घरटहरा र ८३ सटरका साथै आवासीय घरसमेत रहेका छन् ।

बर्दिवास नगरपालिकाले विद्यालय र बजार व्यवस्थापन समितिको समन्वयमा काम अघि बढाइने प्रतिबद्धता जनाएको आजको द पब्लिक टुडेमा समाचार छ