कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरिने

पब्लिक टुडे समाचारदाता
जनकपुरधाम, भदौं १३ गते । जनकपुरमा नरिवल बेच्ने युवकलाई प्रहरीले कुटपिट गरेको भिडियो खिचेका युवा सुशील कर्णलाई कुटपिट तथा दुव्र्यवहार गर्ने २ प्रहरीलाई निलम्बन गरिने भएको छ ।
बिहिबार दिउँसो जानकी चोकमा नरिवल बेचिरहेका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का १९ वर्षिय युवक रोशन चौधरीलाई जानकी मन्दिर परिसरका पर्यटक प्रहरी जवान प्रेमशंकर यादवले कुटपिट गरेको थियो ।
रोशनलाई प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक गरेको केही घण्टामै यूवा अभियन्ता सुशिल कर्णमाथि प्रहरीले ज्यादतीको गरेको थियो । जानकी प्रहरी चौकीका प्रहरीले अभियन्ता कर्णलाई चौकीमा बोलाएर भिडियो किन खिचेको भन्दै कुटपिट गरेका थिए ।

कर्णलाई दुव्र्यवहार गरेपछि स्थानीय युवाहरुले जानकीचोकमा प्रहरी विरुद्ध टायरबालेर नाराबाजी गर्दै जिल्ला प्रहरी कार्यालय पुगेका थिए । जिल्ला प्रहरी कार्यालयमा अगाडी समेत युवाहरुले केहिबेर नाराबाजी तथा धर्ना बसेका थिए ।
यता, धनुषाका प्रहरी नायव उरीक्षक रामेश्वर कार्कीले अभियन्ता सुशिल कर्ण र नरिवल बेच्ने युवक रोशनमाथि भएको दुव्र्यवहार तथा कुटपिट गर्ने पर्यटक प्रहरी इन्चार्ज विरेन्द्र यादव र प्रहरी जवान प्रेमशंकर यादवलाई कारवाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता गरेको आजको द पब्लिक टुडे दैनिकमा समाचार छ ।
क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज
प्रतिक्रिया दिनुहोस