• The Public Today
  • महोत्तरीको औरही नगरपालिका खुला दिसामुक्त घोषणा


    पब्लिक टुडे समाचारदाता
    महोत्तरी, भदौं १३ गते ।
    महोत्तरी जिल्लाको औरही नगरपालिका खुला दिसामुक्त एवं पूर्ण खोप घोषणा भएको छ ।

    [custom-facebook-feed]

    बिहीबार औरही नगरपालिका खुला दिसामुक्त घोषणा भएपछि जिल्लामा खुला दिसामुक्त घोषणा हुने स्थानीय तहको संख्या १३ पुगेको हो ।

    जिल्ला समन्वय समिति महोत्तरीका संयोजक एवम् जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सुरेशप्रसाद सिंहले औरही नगरपालिका खुला दिसामुक्त भएको आयोजित समारोहमा घोषणा गरेका हुन् ।

    जिल्लामा भदौ महिना लागेपछि तीनवटा स्थानीयतह खुला दिसामुक्त घोषणा भइसकेका छन् । भदौको पहिलो सातामा महोत्तरी गाउँपालिका र मटिहानी नगरपालिका खुलादिसामुक्त घोषणा गरिएको थियो । जिल्लामा अब जलेश्वर र लोहारपट्टी नगरपालिका खुला दिसामुक्त घोषणा हुन बाँकी छन् ।

    जिल्लाका कुल १ लाख ११ हजार ३४ घरमध्ये अब करिब ६ सय घरमा मात्र शौचालय बन्न र प्रयोगमा आउन बाँकी रहेको छ । यो काम यही भदौभित्र सम्पन्न भएर जिल्ला नै खुला दिसामुक्त क्षेत्र घोषणा गरिने जिल्ला समन्वय समिति महोत्तरीका संयोजक एवम् जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सुरेशप्रसाद सिंहले बताए ।

    आमजनतामा शौचालयमा दिसापिसाव गर्ने र सरसफाइबारेको सचेतना बढेपछि चाँडै खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारी गरिएको अध्यक्ष सिंहको भनाइ छ ।

    जिल्लामा खानेपानी, सरसफाइ तथा स्वच्छता अभियानमा युएन ह्याविटेट, युनिसेफ र एसएनभी नेपालसहितका अन्तर्राष्टिूय गैरसरकारी संघ संस्था र जिल्लामा कार्यरत १० वटा सामाजिक संघ संस्थाले जिल्ला समन्वय समिति र स्थानीयतहहरुको समन्वयमा काम गरिरहेका छन् । मुख्य रुपले आम जनतामा बढेको सरसफाइ सचेतनाले काम अपेक्षाअनुरुप भइरहेको समितिले जनाएको छ । भदौ महिनाभित्रै जिल्लालाइ खुला दिसामुक्त क्षेत्र घोषणा गरिने अध्यक्ष सिंहको दाबी छ ।

    कार्यक्रममा विशिष्ट अथिति रामगोपालपुरका नगर प्रमुख अशोक कुमार मण्डल, बलवा नगरपालिकाका नगर प्रमुख विनोद कुमार यादव रहेका थिए भने, जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख राजीव झा लगायत खुल्ला दिसामुक्त एवं पूर्ण खोपयुक्त बनाउन सहयोग गर्नेहरुलाई प्रसंशापत्र प्रदान गर्दै सम्मान गरिएको आजको द पब्लिक टुडेमा समाचार छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस