• The Public Today
  • प्रजातान्त्रिक योद्धा गणेश नेपालीको निधन


    पब्लिक टुडे समाचारदाता
    बर्दिवास, भदौं १४ गते ।
    नेपाली प्रजातान्त्रिक आन्दोलनका नेता गणेश नेपालीको शुक्रबार साँझ निधन भएको छ ।

    [custom-facebook-feed]

    क्यान्सर (अर्बुद) बाट पीडित नेपालीको जिल्लाकै जलेश्वर नगरपालिका–२ टाउनप्लानिङ्गस्थित आफ्नै निवासमा ७२ वर्षको उमेरमा निधन भएको हो । वास्तविक थर तिवारी (मधेशका भूमिहार ब्राह्मणको एउटा थर) भएका उनले २०२७ सालमा नेपाली काँग्रेसको सदस्यता लिएसँगै आफ्नो थर नेपाली बनाएको थियो ।

    वि.सं.२०४४ सालमा नेपाली काँग्रेसको जिल्ला सभापति निर्वाचित भएका नेपाली २०४६ सालको ऐतिहासिक जनआन्दोलनको जिल्ला कमाण्डर थिए । राजनीतिक यात्राका क्रममा बिक्रम सम्वत २०५२ सालमा तत्कालीन नेकपा एमालेमा आबद्ध भइ सो पार्टीको राष्ट्रिय परिषद सदस्य र २०५६ सालमा महोत्तरी–३ (तत्कालीन) बाट प्रतिनिधिसभाका उम्मेदवार बनेको थियो ।

    राजनीतिक यात्राले नेपालीलाइ २०६४ सालमा तत्कालीन तराइ मधेश लोकतान्त्रिक पार्टीमा पु¥यायो । पहिलो सम्बिधानसभा निर्वाचनमा सो दलबाट प्रत्यासी भइ महोत्तरी–३ बाट सम्बिधानसभा सदस्य निर्वाचित भएका नेपाली माधवकुमार नेपाल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका थिए । त्यसयता मृत्युपर्यन्त नेपाली हालको राजपा नेपालसँग आबद्ध थिए ।

    प्रजातान्त्रिक आन्दोलनका निष्ठावान र निडर नेताका रुपमा नेपालीलाइ महोत्तरीवासीले सम्झेका छन् । नेपालीको निधनमा उनी आबद्ध राजपा नेपाल महोत्तरीका नेता तथा प्रदेश–२ सरकारमा राज्यमन्त्री अभिराम शर्मा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एबम् जिल्ला इञ्चार्ज राजु खड्का, नेपाली काँग्रेसका जिल्ला सभापति महेन्द्रकुमार राय र समाजवादी पार्टीका जिल्ला अध्यक्ष नागेन्द्रकुमार यादवले शोक ब्यक्त गर्दै दुःख प्रगट गरेका छन् ।

    स्व. नेपालीको अन्तेष्टि शनिबार पैत्रिक थलो जलेश्वर–५ पर्सापतैलीको चौडियामा गरिने उनका जेठा छोरा नेपाली काँग्रेसका नेता बजरङ्ग नेपालीले जानकारी दिए । नेता नेपालीप्रति श्रद्धाञ्जली ब्यक्त गर्न राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य एबम् महोत्तरी–३ का प्रतिनिधिसभा सदस्य महन्थ ठाकुर शनिवार जलेश्वर पुग्ने परिवारजनले बताएका छन् । स्व. नेपालीका एक पत्नी, दुई छोरा÷बुहारी र नातिनातिना रहेको समाचार आजको द पब्लिक टुडे दैनिकमा छ ।


    क्याटेगोरी : राजनीति, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस