‘विकास बोर्ड विघटन गरे हुन्छ ’ : दीपकराज गिरी

पब्लिक समाचारदाता
महोत्तरी, भदौ १५ गते : दीपकराज गिरी सफल निर्मातासँगै कलाकार हुन् । नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक कमाउने चलचित्रको तिन वटै रेकर्ड उनले निर्माण गरेका चलचित्रले बनाएका छन् । यसैले, पनि दीपकराजका चलचित्रले सुस्ताएको चलचित्र क्षेत्रलाई सधै नै चलायमान बनाउँदै आएका छन् ।
अहिले उनी वितरण कम्पनी एफडीका शेयर होल्डर समेत हुन् । तर, दीपकराजले फेसबुकमा स्टाटस लेख्दै चलचित्र विकास बोर्ड विघटन गर्न संचार मन्त्रालयलाई सुझाव दिएका छन् ।
‘सरकारको विद्यमान नीति अनुसार २ करोड खर्च गरेर नेपाली भाषाको चलचित्र बनाउनुको कुनै अर्थ छैन । नेपाली चलचित्र खास चल्दा पनि चल्दैन । राम्रो नि हुँदैन । त्यही २ करोडमा साहरुख खान, सलमान खान लगायतका कलाकारको एक से एक विदेशी चलचित्रहरु आउँछ । ती चलचित्रहरु किनेर चलाउने ।’ उनले लेखेका छन् ।
उनले अगाडि लेखेका छन्–‘नेपाली चलचित्र भन्दा हिन्दी चलचित्र सुरक्षित छ । राज्यले रातारात सेन्टर गरिदिइहाल्छ । सुविधा दिन्छ । हलहरुले पनि विशेष स्थान दिन्छन् । किन टाउको दुखाउने रु सबै मिलेर नेपाली चलचित्र नबनऔं, विदेशी चलचित्र किनेर चलाऔं । भाषा संकृती भाडामा जाओस् । व्यापार मुख्य कुरा हो नि । त्यसपछि विकास बोर्ड पनि चाहिन्न, राज्यको खर्च पनि कम हुन्छ । करै उठाउन काम त कर कार्यलयले गरिहाल्छ नी । होइन र रु व्यक्तिगत सुझाव हो है यो ।’
दीपकले व्यक्तिगत सुझाव भन्दै लेखेको यो स्टाटसले नेपाली चलचित्रमाथि वितरक र हलवालाले गर्दै आएको हेपाहा प्रवृत्ती र चलचित्र विकास बोर्डको मौनतालाई दरिलो ब्यङ्ग्य गरेको छ ।
क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मनोरंजन, राष्ट्रिय
प्रतिक्रिया दिनुहोस