• The Public Today
  • वीरगञ्जमा स्कुलबाट एक विद्यार्थी तीन दिनदेखि बेपत्ता


    वीरगञ्ज, भदौ १५ गते । वीरगञ्जस्थित जिएचपी स्कुलबाट एक जना विद्यार्थी तीन दिनदेखि बेपत्ता भएका छन् ।

    [custom-facebook-feed]

    वीरगञ्ज पावर हाउसस्थित जिएचपी स्कुलको कक्षा ६ सेक्सन ‘बी’ मा अध्ययनरत १३ वर्षीय विद्यार्थी अमित कुमार चौरसिया बिहीबार अपरान्ह ३ बजेदेखि नै बेपत्ता भएका हुन् ।

    अमित, पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारी घर भएका पन्नालाल चौरसियाको कान्छो छोरा हुन् । पन्नालालको परिवार वीरगञ्ज महानगरपालिका–१३ राधेमाईमा बस्दै आएका छन् । मासिक १२ हजार रुपैयाँ शुल्क तिर्ने गरी अमितलाई गत वैशाखदेखि जिएचपी स्कुलको होस्टलमा राखिएको थियो ।

    अमित सम्पर्कबिहिन भएपछि अभिभावक चिन्तित भएका छन् । छोराको खोजीका लागि प्रहरीकोमा खबर भइसकेको अमितका काका पन्नालाल चौरसियाले बताए ।

    बालक हराएको जानकारी आएको र त्यसबारे अनुसन्धान सुरु भइसकको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक गौतम थापाले बताए । ‘बालक स्कुलबाट हराएको भन्ने जानकारी आएको छ’ डिएसपी थापाले भने, स्कुल र परिवारका सदस्यसँग समन्वय गरेर खोजी कार्य अघि बढाइ सकेका छौं ।’


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस