• The Public Today
  • जनकपुरमा भोली सार्वजनिक विदा


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, भदौ १५ गते ।
    जनकपुरधाम उपमहानगरपालिकाले हरितालिका तीज तथा चौठ चन्द पर्वको अवसरमा भोली (सोमबार) सार्वजनिक विदा घोषणा गरेको छ ।

    [custom-facebook-feed]

    उपमहानगरपालिका कार्यालयका निमित्त प्रमुख तथा प्रशासकीय अधिकृत गणेशप्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै सोमबार जनकपुरधाम उपमहानगरपालिकाभित्र सार्वजनिक बिदा दिएको जानकारी दिए ।  

    महिलाहरुले गर्ने हरितालिका तिज पतिको लागि गर्छिन् भने चौठचन्द पर्व सन्तानको दिर्घायू, परिवारको सुखी दाम्पत्य, शान्ति एवं समृद्धका लागि मनाइदैँ आइरहेको छ ।

    चौठचन्द पर्वमा महिलाहरुले व्रत गरि नयाँ चामलबाट बनाइएका विभिन्न परिकारका पकवानहरुहरु बनाएर अबेर बेलुकाको विभिन्न ५ किसिमका लफुल हातमा राखेर चन्द्रमाको दर्शन गरेपश्चात भोजन गर्ने चलन रहेको छ । चौठचन्द पर्वमा महिलाहरु भने दिनभर निराहार रहेर श्रद्धापूर्वक चामलको पुरी, खिर, दही, फलफूल लगायतका विशेष परिकारहरु पकवानहरु बनाउने गर्छन् ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस