• The Public Today
  • बर्दिबासबाट विप्लव समूहका महोत्तरी इन्चार्ज पक्राउ


    पब्लिक टुडे समाचारदाता
    बर्दिबास, भदौं १६ गते ।
    नेत्रचन्द विप्लव समूहका महोत्तरी जिल्ला इन्चार्ज पक्राउ परेका छन् । ‘रुक’ उपनामले चिनिने रुपेशबहादुर कार्कीलाई प्रहरीले बर्दिबासबाट पक्राउ गरेको हो ।

    [custom-facebook-feed]

    पूर्व–पश्चिम राजमार्ग अन्र्तगत महोत्तरीको बर्दिबास–१ रातु पुलबाट उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी निशान थापाले जानकारी दिएका छन् ।

    मोटरसाइकलमा सवार रहेको इन्चार्ज कार्कीको साथबाट दलित मुक्ति मोर्चाको सदस्यता नविकरण ठेली समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

    जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरि इन्चार्ज कार्की माथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    विप्लव समूहले राजनीतिको नाममा अपराधी क्रियाकलाप गरेको भन्दै नेपाल सरकारले प्रतिबन्ध लगाइसकेको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस