• The Public Today
  • तिजको अवसरमा गायन तथा नृत्य प्रतियोगिता सम्पन्न (फोटो फिचर)


    पब्लिक टुडे समाचारदाता
    बर्दिवास, भदौं १७ गते :
    महोत्तरीको बर्दिबासमा हरितालिका तिजको अवसरमा गायन तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । नेपाल लोक तथा दोहोरी प्रतिष्ठानका महोत्तरी जिल्लाको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

    [custom-facebook-feed]

    प्रतियोगितामा गायन तर्फ समीर परियार प्रथम, अनिल घतानी द्वितीय र लक्ष्मी कार्की तृतीय भएका छन् । त्यसैगरि नृत्य तर्फ सस्मिता लामगादे प्रथम, मुस्कान घले द्वितीय र अम्बिका बताने तृतीय स्थान हाँसिल गरेका हुन् ।

    बिजयीहरुलाई क्रमशः दशहजार, पाँचहजार, तीनहजार नगद, शिल्ड तथा प्रमाण पत्रप्रदान गरिएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य सारदा थापाले तीजपर्वले सबैमा घमण्ड, अहंकार त्याग्ने शक्ति प्राप्त होस् भनी शुभकामना व्यक्त गरिन् ।

    नेपाल लोक तथा दोहोरी प्रतिष्ठानका महोत्तरी जिल्ला अध्यक्ष राजु तामाङ्ग नेतृत्वमा भएको प्रतियोगिता भब्यतापूर्व सम्पन्न भएको छ ।

    कार्यक्रममा बर्दिवास नगरपािलका वडा नं. १ का अध्यक्ष ऋषि पोखरेल, बर्दिबास सेवा समितिका अध्यक्ष तथा कुशल व्यवसायी हिरालाल गौतम, बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष प्रह्लाद क्षेत्री, बिष्णु खड्का, कुमार भण्डारी, हेम लामा, दिपेन्द्र पराजुली, बिनोद भण्डारी, बिमल भण्डारी, बिजय महत्तो, विनोद श्रेष्ठले आर्थिक तथा पानीको व्यवस्थापन गरेको आजको द पब्लिक टुडे पत्रिकामा समाचार छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस