माउरो इन्टर मिलानबाट पीएसजीमा अनुबन्ध

भदौ १७ गते – अर्जेन्टिनाका स्ट्राइकर माउरो इकार्डी एक सिजनका लागि इन्टर मिलानबाट लोनमा पेरिस सेन्ट जर्मेन आएका छन् ।

[custom-facebook-feed]

२६ वर्षीय माउरो इन्टर मिलानमा दुई बर्षका लागि नयाँ सम्झौता गरेका थिए । तर पीएसजीसँग उनलाई सधैँका लागि अनुबन्ध गर्ने अवसर पनि रहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार उनलाई पीएसजीले ६५ मिलियन युरो तिर्नसक्ने बताइएको छ ।

६ वर्ष इन्टर मिलानमा बिताएका उनले २ सय १९ खेलमा एक सय २४ गोल गरेका थिए । पीएसजीमा अनुबन्ध भएपछि उनले नयाँ क्लबका लागि आफू जे पनि गर्नसक्ने बताएका छन् । पछिल्लो केही वर्षमा पीएसजीले विश्वका पावरहाउस देशका खेलाडी अनुबन्ध गर्ने ओइरो नै लगाएको छ ।

माउरोको आगमनसँगै गोलकिपर केलियन नाभासलाई पनि रियलबाट अनुबन्ध गरेको छ । कोस्टा रिकाका गोलकिपर नाभासलाई पीएसजीले चार वर्षका लागि अनुबन्ध गरेको छ ।