• The Public Today
  • चोरलाई पक्राउ गर्ने विषयमा विवाद हुँदा प्रहरीद्धारा हवाई फायर


    पब्लिक समाचारदाता
    जनकपुरधाम,भदौ १७ गते :
    धनुषामा मोटरसाइकल चोरलाई पक्राउ गर्ने विषयमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ ।

    [custom-facebook-feed]

    जिल्लाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका वडा नम्बर–५ बहेडाबेलामा चोरीको मोटरसाइकल खदिर बिक्री भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट एकजना सादा पोशाकका प्रहरी त्यहाँ पुगेका थिए । मोटरसाइकल चोरलाई समातेपछि स्थानीयले विवाद खडा गरी चोरलाई भगाउन लाग्दा प्रहरीले हवाई फायर गरेको बताईएको छ ।

    त्यसक्रममा स्थानीय र प्रहरी बिच केहीबेर सामान्य झडप समेत भएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले चोरलाई भगाउन स्थानीयहरु प्रहरीमाथिनै हातपातमा उत्रेपछि बाध्य भएर दुई राउण्ड हवाई फायर गर्नुपरेको बताए । उनले हवाई फायर गर्दा स्थिति नियन्त्रणमा आएपनि स्थानीयले चोरलाई मोटरसाइकलसहित भगाएकोले चोरको पहिचान खुल्न नसकेको जानकारी दिए ।

    चोर र उसलाई भगाउने व्यक्तिहरूको पनि खोजी जारी रहेको उपरीक्षक खनालले बताए । स्थितीलाई नियन्त्रणमा लिन अहिले त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस