हतियार देखाई भाग्न खोज्नेलाई पक्राउ गर्न प्रहरीले गोली चलायो

सा‌ंकेतिक तस्बिर

पर्सा, भदौं १८ गते – नियमित जाँचका क्रममा प्रहरीलाई हतियार देखाई भाग्न खोज्नेलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो ।

[custom-facebook-feed]

नियमित जाँचका क्रममा रहेको वडा प्रहरी कार्यालय श्रीपुरको टोलीमाथि वीरगञ्ज महानगरपालिका–१६ का सन्तोष दासले हतियार देखाएपछि प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक गौतम थापाले जानकारी दिनुभयो ।

उनको दाया खुट्टामा गोली लागेको छ । उनको साथबाट एउटा पेस्तोल र १७ राउण्ड गोली पनि बरामद भएको छ । घाइते दासको प्रहरी निगरानीमा वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।