• The Public Today
  • बजार निर्माण अभियान : ‘सुकुम्बासीलाई नगरपालिकाले व्यवस्थापन गर्छ’


    पब्लिक टुडे समाचारदाता
    बर्दिवास, भदौं १८ गते ।
    महोत्तरीको बर्दिबास बजारमा बसोवास गर्दै आएका सुकुम्बासीहरुलाई पहिचान गरेर बर्दिबास नगरपालिकाले व्यवस्थान गर्ने भएको छ । बर्दिबास नगरपालिका मेयर विदुर कुमार कार्कीले आधुनिक बजार निर्माणमा सहयोग गर्न सबैमा अपिल गरेका छन् ।

    [custom-facebook-feed]

    बर्दिबास नगरभित्र एउटा सफासुघर, वातावरणमैत्री खालको बजार, साँच्चै बजार जानु छ भने बर्दिबास बजार जाउँ भन्ने खालको एउटा वातावरण निर्माण गर्न बजार व्यवस्थापन गर्न लागिएको मेयर कार्कीले योजना सुनाए ।

    ‘यो कसैलाई उठाएर धपाउनको निम्ति होइन, न त कसैलाई रुवाउन । हामी सबैको आँसु पुच्छौं, अभिभावकीय भूमिका निर्वाह गर्छौं । यहाँ कसैले दुविधा मान्नु पर्दैन,’ मेयर कार्कीले भने,– ‘वास्तविक सुकुम्बासीहरुलाई नगरपालिकाले व्यवस्थापन गर्छ । अहिले बजारमा व्यापार गर्नेहरुलाई पहिलो प्राथमिकता दिन्छौं ।’

    वास्तविक सुकुम्बासीहरुलाई नगरपालिकाले व्यवस्थापन गर्छ । अहिले बजारमा व्यापार गर्नेहरुलाई पहिलो प्राथमिकता दिन्छौं ।

    बर्दिबास बजार व्यवस्थापनको अगुवाई गर्न बर्दिबास नगरपालिका वडा नम्बर–१४ वडा अध्यक्ष भरत हमाललाई मेयर कार्कीले आग्रह गरेका छन् । वडाअध्यक्ष हमालकै वडाभित्र बजार पर्दछ । ‘डेढ वर्षभित्र एउटा सुविधा सम्पन्न आधुनिक बजार निर्माण गर्ने सोंचेका छौं, नगरको तर्फबाट, ‘मेयर कार्कीले भने, ‘त्यसो गर्दा खेरि कसैले हामीमाथि डन्डा चलायो र हामीलाई उठिबास गरायो भन्ने भाव मेटिदिनुस्, त्यो कुरा होइन् । गर्न खोजको त राम्रो कुरा हो ।’

    एउटा थोत्रो घर नभत्किन एउटा सुन्दर महल त्यहाँ बन्न सक्दैंन, बताउँदै उनले थपें, ‘ध्वंस र निर्माणको प्रक्रिया संगसंगै बढाउन सक्यौं भने मात्र हामीले साँच्चिकै समाजका अगुवाई गर्ने मान्छे, समाजमा विकास गर्ने मान्छे र सहिमानेमा नेतृत्व ठहरिन्छौं । बजार व्यवस्थानको लागि चाहिन्छ भने थप छलफल पनि गरौं ।’

    केही दिन अघि जनता माध्यमिक विद्यालय बर्दिबासले आयोजनमा गरेको बर्दिबास बजार व्यवस्थापनको बैठकमा मेयर कार्कीले भने, ‘म अपिल गर्न चाहन्छु, बर्दिबास आज जुन उचाईमा छ त्यसका पछाडि पट्टीको अन्तरवस्तुमा ठिकठाक पार्न सकिराखेको अवस्था छैन ।’ बर्दिबास बजारको अत्यन्तै ठूलो महत्व छ । बर्दिबास बजार भत्काइदिने र बजार अत्यन्तै तिर लिएर जाने भन्ने कुरा आफुले सुनेको बताउँदै उनले भने, ‘त्यो नसोंच्नु होला, बर्दिबास नगरको समृद्धि र आधुनिक बजार निर्माण गर्न खोजिएको छ । यो अत्यन्तै अस्तव्यस्त र दुर्गन्धित छ । यसलाई व्यस्थित गर्नै भन्या हो ।’

    बर्दिबास नगरको समृद्धि र आधुनिक बजार निर्माण गर्न खोजिएको छ । यो अत्यन्तै अस्तव्यस्त र दुर्गन्धित छ । यसलाई व्यस्थित गर्नै भन्या हो ।

    अघिल्लोे पुस्ताले बुझि वा नबुझि मेहन्त गरेर बर्दिबास बजार यहाँसम्म ल्याइदिनुुभएको छ कुनै गल्ती नगरेको भन्दै प्रशंसा गरेका थिए । ‘यहाँसम्म ल्याउनुभयो ठीकै गर्नुभयो । आजको धरातल र आजको सन्दर्भमा बसेर सोचिराख्दा खेरि आजको सिङ्गो बर्दिबास र बर्दिबासको महत्वको कोणबाट हेरि राख्दा खेरि विद्यालय व्यवस्थापन समिति जुन बजार व्यस्थान गर्ने कार्यमा अघि बढिरहेको छ, त्यसको लागि म धन्यवाद दिनचाहन्छु ।’

    बर्दिबास नगर क्षेत्र भित्रको आधुनिक र व्यवस्थित बजारको कुरा गरि राख्दा खेरि आजको दिनलाई मात्र हेरेर बजार निर्माण गर्न नखोजेको उनले बताए । ‘पच्चास वर्ष पछिको बर्दिबास कस्तो हुन्छ ? पच्चास वर्षपछिको बजार र नगर क्षेत्रभरिको आवश्यकता पुरा गर्नको लागि बजार निर्माण गर्न खोजिएको छ,’ मेयर कार्कीले भने, ‘कुनै दुविधा नपालनुस्, त्यसको नेतृत्व नगरपालिकाले गर्छ । आर्थिक व्यवस्थापनको अगुवाई नगरपालिकाले गर्छ ।’

    स्थानीय, प्रदेश र संघीय सरकारका प्रतिनिधिसंग मिलेर पच्चास वर्षसम्मलाई सोंचेर मास्टर प्लान र डिपियार बनाएर एउटा सुन्द बजार निर्माण गर्ने उनले बताए । बजारको जीवनसंग जनता माध्यमिक विद्यालय बर्दिबासको जीवन गाँसिएको छ भन्ने कुरा बुझिदिन सबैसंग उनले आग्रह गरे । बजार व्यवस्थापनलाई सबै जनाले सकारात्मक काम हो भन्ने बुझिदिनु पर्ने अपिल मेयर कार्कीले गरे ।

    ‘बजार व्यवस्थानको अभियानले ठूलो उज्यालो दिन सक्छ, भन्ने कुरा सोंच्यौं र आत्मसाथ गर्न सक्यौं भने यहाँ कसैको हार र कसैको जित हुने छैन,’ उनले भने, ‘हामी सबै एउटा मिसनमा अगाडिपट्टी गइराखेको हुनेछौं । बर्दिबास हाम्रो क्षेत्रको बजार मात्रै होइन्, यस क्षेत्रको ठूलो बजार हो ।’
    शनिबार र बुधबार लाग्ने बजारमा हजारौंहजार मानिसहरु आफ्नो अवश्यकता पुरा गर्न बजार आउने गर्छन् ।

    हामी सबै एउटा मिसनमा अगाडिपट्टी गइराखेको हुनेछौं । बर्दिबास हाम्रो क्षेत्रको बजार मात्रै होइन्, यस क्षेत्रको ठूलो बजार हो ।

    यस्तै, नेपाल सरकारले संचालन गर्न नसकिरहेको साह्रै महँगो अटोमोवाईको पढाई सुरु गर्ने योजना जनता माध्यमिक विद्यालय बर्दिबासले बनाएको छ । ‘पढाई पुरा गरी ती जनशक्ति बाहिर जाँदा जनशक्तिलाई बाहिर मान्छेहरु पर्खिराखेका हुनेछन् । ती विद्यार्थीहरु बेरोजगार बसिराख्नु पर्दैन भन्ने अभियान सुरु गर्न लागिराखेको छ । पढाई संचालनको लागि आर्थिक पक्षसंग बर्दिबास बजार जोडिएको छ’ मेयर कार्कीले उल्लेख गरे ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस