• The Public Today
  • अन्तर्राष्ट्रिय विमानस्थल बाराको निजगढमै बन्नुपर्छ : राजपा


    काठमाडौं, भदौ १८ गते । राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बाराको निजगढमा नै बन्नुपर्ने बताएको छ ।

    [custom-facebook-feed]

    विमानस्थलका बारेमा प्रदेश २ र केन्द्र सरकारबीच विवाद भइरहेका बेला राजपा नेपालले भने पूर्वनिर्धारित निजगढमा नै बनाउनु पर्नेमा जोड दिएको हो। बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले निजगढमा नै विमानस्थल बन्नुपर्छ भन्नेमा राजपा अहिले पनि प्रतिवद्ध रहेको बताएका हुन् ।

    ‘निजगढमा नै विमानस्थल बन्नुपर्छ । यसमा राजपा नेपाल प्रतिवद्ध छ’ उनले भने ‘कुनै कारण देखाएर अन्यत्र सार्ने चर्चा चलेको अवस्थामा हाम्रो ध्यान गम्भीर भएको छ ।’

    यादवले सो विमानस्थलका बारेमा भइरहेका नकारात्मक टिकाटिप्पणीका बारेमा सरकारले संसदलाई जानकारी गराउन पनि माग गरेका छन्।

    सांसद यादवले विमानस्थल बनाउन सकेसम्म कम रुख काट्नुपर्ने बताए । ‘विमानस्थलका लागि ८ हजार हेक्टर जमिन चाहिनेदेखि २४ लाख रुख काटनेसम्मका कुरा सुनिएका छन्, यसका बारेमा सरकारले संसदलाई स्पष्ट रुपमा जानकारी गराउनुपर्छ’, उनले भने।

    राजपा अध्यक्ष मण्डलको मंगलबारको बैठकले औपचारिक रुपमा निजगढ विमानस्थलका बारेमा निर्णय लिँदै पूर्वनिर्धारित स्थानमा नै बनाउन जोड गरेको थियो।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस