• The Public Today
  • वीरगञ्जमा उच्चस्तरीय एसी डिलक्स बस सेवा सञ्चालनमा


    पब्लिक टुडे समाचारदाता
    पर्सा, भदौ १९ गते ।
    वीरगञ्जमा उच्चस्तरीय एसी डिलक्स बस सेवा बिहिवारदेखि सञ्चालनमा आएको छ ।

    [custom-facebook-feed]

    पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीद्वारा सञ्चालित पोखरा जगदम्बा टुर एण्ड ट्राभल्सले वीरगञ्ज काठमाडौ रुटमा चल्ने रिमोटले चलाउन सकिने २१ आरामदायी सिट भएको बस सेवा सञ्चालन ल्याएको हो ।

    बिहीबार राति वीरगञ्जबाट छुट्ने नयाँ यात्रुबाहक बसको उद्घाटन वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले एक कार्यक्रमका बीच गरेका छन् ।

    कार्यक्रममा नगर प्रमुख सरावगीले आरामदायी एवं सुविधा सम्पन्न बस सेवा सञ्चालन गर्दा वीरगञ्जको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । ‘विभिन्न समस्या र चुनौतिकाबीच सुविधा सम्पन्न सार्वजनिक बस वीरगञ्जमा आईरहेको छ,’ उनले भने, ‘सुविधा सम्पन्न बस सेवा सञ्चालनले वीरगञ्जको विकासमा अझ टेवा पुग्छ ।’

    कार्यक्रममा पोखरा जगदम्बा ट्राभल्सका अधयक्ष केशवप्रसाद अधिकारीले २१ सिट भएको आरामदायी बसमा रिमोर्टले चलाउन मिल्ने सिट भएको भएको तथा एसी, टीभी, वाईफाई लगायतको सुविधा भएको र बस सेवाको  प्रतिव्यक्ती १ हजार २ सय रुपैयाँ टिकट दर रहेको जानकारी दिँदै नेपाल सरकारले लिएको पर्यटन वर्ष मनाउने तथा समृद्ध नेपाली सुखी नेपाली लगायतको उद्देश्य सफल पार्न ठुलो टेवा पुग्ने बताए ।


    क्याटेगोरी : राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस