• The Public Today
  • स्वास्थ्य राज्यमन्त्री डा.यादवद्वारा वृद्धाश्रमका वृद्धाहरुको स्वास्थ्य चेकजाँच


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, भदौं २१ गते ।
      संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवले जनकपुरधामस्थित जानकी वृद्धाश्रमका वृद्धाहरुको स्वास्थ्य चेकजाँच गरेका छन् ।

    [custom-facebook-feed]

    शनिबार बिहान ब्युटिसियन एसोसिएशन धनुषाले आश्रमका आश्रममा आयोजन गरेको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रमलाई उदघाटन गर्दै राज्यमन्त्री डा. यादवले केही वृद्धाहरुको स्वास्थ्य परीक्षण आफैले गरेका हुन् ।

    स्वास्थ्य चाँच गर्दै मन्त्री यादवले स्वस्थ्य रहन खानपिन, उठबस तथा अपनाउनुपर्ने संयमताको विषयमा वृद्धाहरुलाई सल्लाह सुझाव दिए । वृद्धामा बढी दम रोगको गुनासो रहेको उनको भनाई छ । उनले आश्रमका वृद्धाहरुको निःशुल्क स्वास्थ्योपचार र औषधिको व्यवस्था गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

    शिविरमा वृद्धाहरुलाई निःशुल्क औषधिसमेत प्रदान गरिएको थियो । वृद्धाश्रममा अहिले १६ जना
    वृद्धाहरु छन् । जानकी वृद्धाश्रममा सन्तान नभएका तथा सन्तानबाट पीडित वृद्धाहरु बस्ने गर्छन ।


    क्याटेगोरी : राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस