• The Public Today
  • धनुषामा बस दुर्घटना, ६ जना घाइते


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, भदौ २१ गते ।
    धनुषामा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

    [custom-facebook-feed]

    जनकपुरबाट जटही जाँदै गरेको ना ७ ख ७९७८ नम्बरको बस धनुषाको दक्षिणी क्षेत्रमा पर्ने नगराइन नगरपालिका वडा नम्बर २ को शुभम ईटा उद्योग नजिकै बस दुर्घटना हुँदा छ जना घाइते भएका हुन् ।

    दुर्घटनामा घाइते मध्य जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का अन्दाजी ३० वर्षीय संजय पूरीकाे अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    त्यस्तै  महोत्तरीका २० वर्षीय कृष्णा कुमार यादव, अरमाना खातून, राकेश लाल कर्ण, चरित्र यादव, मरनी देवी मंडल र जनकपुरधाम वडा नम्बर १८ की २५ वर्षीया अरमाना खातून घाइते भएको प्रहरीले जनाएको छ ।

    घाइतेहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको जनाइएको छ । बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस