विपद न्यूनीकरण सम्बन्धी दुईदिने तालिम सुरु

 

द पब्लिक टुडे समाचारदाता-
गौशाला, चैत्र ३ गते ।
महोत्तरीमा विपद न्यूनीकरण सम्बन्धी दुईदिने तालिम सुरु भएको छ । आईतवार महोत्तरीको भंगहा नगरपालिका वडा नम्वर ३ मा विपद जोखिम न्यूनीकरण सम्बन्धी दुईदिने तालिम सुरु भएको हो ।

भोलनटियर कोर नेपाल बुधनगर काठमाडौंको आयोजना तथा भंगहा नगरपालिका र सिंगापुर रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा उक्त तालिम सञ्चालन गरिएको छ । विपद जोखिम न्यूनीकरण सम्बन्धी दुईदिने तालिमलाई आईतवार भंगहा नगरपालिका वडा नम्वर ५ का वडाध्यक्ष शिवकुमार महतोले उदघाटन गर्नुभएको छ ।

दुईदिनसम्म चल्ने उक्त तालिममा विपद जोखिम न्यूनीकरण गर्न आधारभूत प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण दिइने जनाईएको छ । उक्त तालिममा श्री माध्यमिक विद्यालय भंगहाका २५ छात्र र २५ छात्रा गरि ५० जना विद्यार्थी सहभागी भएको आयोजकले जनाएको छ ।

Scroll to Top