• The Public Today
  • महोत्तरीमा एम्बुलेन्स पल्टिदाँ एकको मृत्यु, चार जना घाइते


    पब्लिक टुडे समाचादाता
    महोत्तरी, भदौं २१ गते ।
    महोत्तरीमा एम्बुलेन्स पल्टिदाँ एक जनाको मृत्यु भएको छ ।

    [custom-facebook-feed]

    शनिवार साँझ महोत्तरीको बर्दिबास—३ मा भएको सो दुर्घटनामा भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा एम्बुलेन्समा सवार स्थानीय ५० बर्षीय तारा बादीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीका इन्स्पेक्टर प्रकाशबहादुर सिंहले जनाए ।

    दुर्घटनामा बर्दिबासका एम्बुलेन्स चालक चित्रबहादुर बुढाथोकी, मृतकका छोरा उवेश वादी, छोरी गंगा वादी घइते भएका छन् ।

    पैदल यात्री धनुषाको मिथिला नगरपालिका—४ रोशा बराइली पनि घाइते भएका हुन । उनको दाहिने खुट्टा भाँचिएको छ । घाइतेको उपचार बर्दिबासस्थित शुभ स्वस्तिक हस्पिटलमा भइरहेको छ ।

    घरायसी झगडामा उवेश लगायतका घाइते भएकाहरुलाई लिएर एम्बुलेन्स अस्पताल जादै थिए । झगडाका घाइतेहरुलाई एम्बुलेन्सबाट पु¥याउन लादैं गर्दा एम्बुलेन्स दुर्घटनामा परेको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस