• The Public Today
  • सिरहाका एक कर्मचारी ८० हजार घुससहित पक्राउ


    पब्लिक टुडे समाचारदाता
    सिरहा, भदौं २३ गते ।
    नेपाल विद्युत प्राधिकरण सिराहा शाखाका एक कर्मचारी घुससहित पक्राउ परेका छन् ।

    [custom-facebook-feed]

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय सिराहाका इलेक्ट्रोसियन छेदीलाल साहलाई घुससहित पक्राउ गरेका हुन् । इलेक्ट्रोसियन साहलाई आज सोमबार अपरान्ह सिरहाकै विष्णुपुर गाउँपालिका १ मा एक चिया पसलबाट ८० हजार नगद घुससहित पक्राउ गरेको हो ।

    जागिर लगाइदिने भन्दै साह एक युवकसँग रकम लिएको जनाएको छ । उनलाई थप अनुसन्धानको लागि अख्तियार कार्यालय बर्दिबास लगिएको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : अपराध, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस