• The Public Today
  • चेल्सी एभर्टनसँग पराजित


    काठमाडौं, चैत्र ४ गते । इंग्लिस प्रिमियर लिगमा चेल्सी एभर्टनसँग दुई शून्यले पराजित  भएको छ । आईतवार राति भएको खेलमा चेल्सी एभर्टनसँग दुई शून्यले पराजित भएकाे हाे ।

    एभर्टनको मैदानमा भएको खेलमा चेल्सीले पहिलो हाफ घरेलु टिमलाई दबाबमा राखेको थियो । जसमा उसले दुई वटा उत्कृष्ट मौकाको सदुपयोग गर्न सकेन । 

    पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा चेल्सी गोलका लागि संघर्ष गरिरहँदा एभर्टनले दुई गोल गर्‍याे । खेलको ४९ औं मिनेटमा रिचारलिसनले गोल गर्दै घरेलु टिमलाई एक शून्यले अगाडि राखे । 

    त्यसपछि ७१ औं मिनेटमा तिनै रिचारलिसनलाई मार्को अलान्सोले डिबक्समा लडाएपछि पाएको पेनाल्टीलाई गिल्फी र्सिगुडसनले गोलमा परिणत गरे । जसका कारण उसले खेलमा दुुई शून्यले अग्रता बनायो । त्यसपछि चेल्सी खेलमा फर्कन सकेन र पराजित भयो । लिगमा चेल्सीको यो सातौं हार हो ।

     


    क्याटेगोरी : खेलकुद


    प्रतिक्रिया दिनुहोस