• The Public Today
  • महोत्तरीमा नीलगाई मृत फेला


    महोत्तरी, भदौं २४ गते : महोत्तरीको मनरासिस्वा नगरपालिकामा आज जङ्गली जनावर नीलगाई मृतावस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार वडा नं २ इटहर्वा गाउँको वनमा निलगाई मृतावस्थामा फेला परेको हो ।

    [custom-facebook-feed]

    इटहर्वाको वनमा रहेको स्थानीय ललन सिंहको उखु बारीमा नीलगाई मृतावस्थामा फेला परेको हो । सो नीलगाईलाई प्रहरीचौकी मनराबाट खटी गएको टोलीले स्थलगत मुचुल्का तयार पारी सोही ठाउँमा खाल्डो खनेर गाडेको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस