• The Public Today
  • महोत्तरीमा दुई जनामा डेंगु संक्रमण


    पब्लिक टुडे समाचारदाता
    बर्दिवास, भदौ २४ गते ।

    महोत्तरीमा दुई जनामा डेंगु संक्रमण भेटिएको छ । जिल्लाको बर्दिवास नगरपालिका र औरही नगरपालिकाका एक÷एक जनामा डेंगु संक्रमण भेटिएको प्रदेश नम्बर २ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    [custom-facebook-feed]

    प्रदेश–२ का पाँच जिल्लामा अहिलेसम्म १५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जस मध्ये महोत्तरी, सर्लाही र बारामा दुई÷दुई जना, सप्तरीमा ५ जना र रौतहटमा चारसहित १५ जना संक्रमित पाइएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए ।

    डेंगु संक्रमित सबैको अस्पतालमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ । सिरहामा डेङ्गु भेटिएको समचार आएपनि त्यसको पुष्टि भने नभएको झाले स्पष्ट पारे ।

    यसबाहेक सामेवार साँझ धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरका २२ वर्षीय अक्षय विश्वकर्मा डेंगु संक्रमित भएका पुष्टि भएको छ । उपचारका लागि बर्दिवास नगरपालिका–१४ स्थित शुभस्वस्तिक हस्पिटलमा उपचारका लागि ल्याइएका विश्वकर्माको जाँचपछि चिकित्सकले डेंगु भएको पुष्टि गरेका हुन् । अस्पतालका चिकित्सक डा। सीताराम पराजुलीले विश्वकर्मा डेंगु संक्रमण पाइएको बताए ।

    यसअघिका दुई वर्षका हिंउदमा महोत्तरीको बर्दिवास नगरक्षेत्रमा डेंगुको आतङ्क नै छाएको थियो । बर्दिवास नगर प्रमुख बिदुरकुमार कार्कीले डेंगु पस्न नदिन अभियान नै शुरु गरिएको समाचार आजको द पब्लिक टुडे समाचार छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस