• The Public Today
  • नेकपा प्रदेश २ को सपथ ग्रहण समारोहमा झडप


    पब्लिक टुडे समाचारदाता
    बर्दिवास, भदौ २४ गते ।
    नेकपा प्रदेश २ को सपथ ग्रहण सपथ ग्रहण समारोहमा झडप भएको छ ।

    [custom-facebook-feed]

    विवादका बीच मंगलबार महोत्तरीको बर्दिबासमा आयोजित सिरहा र सप्तरी जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम राखिएपछि झडप भएको हो ।

    झडपका क्रममा सप्तरीको राजविराज नगरपालिका– ८ का देवनाथ यादव घाइते भएका छन् । उनी प्रदेश नम्बर २ का प्रदेश कमिटी सदस्य हुन् । झडपका क्रममा प्रहरीको लाठी चार्जबाट उनको टाउकोमा चोट लागेको जनाइएको छ । 

    झडपमा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहमाथि समेत हातपातको प्रयास भएको नेकपाका एक नेताले बताए । झडपपछि प्रहरीले अध्यक्ष प्रभु साहलगायतलाई सुरक्षित स्थलतर्फ लगेको छ भने अहिले त्यहाँको अवस्था तनाग्रस्त बनेको छ ।

    नेकपाका शीर्ष नेताहरुले सक्रियहरुलाई भन्दा आ-आफ्ना आसेपासेलाई बढी प्राथमिकतामा राखेर जिल्ला पदाधिकारीमा छनोट गरेपछि असन्तुष्टहरुले सपथग्रहण कार्यक्रम विथोल्ने चेतावनी दिँदै आएको थियो । असन्तुष्ट नेता कार्यकर्ताको चेतावनीका बाबजुद पनि सपथग्रहण समारोहलाई यथावत राखेपछि झडप भएको जनाएको छ ।

    शपथ ग्रहण गराउन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेल आउने तयारी भए पनि पार्टी भित्रकै विवादका कारण सहभागी नभएको बताइएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस