• The Public Today
  • पाइपलाइन उद्घाटनसँगै डिजेल/पेट्रोलको मूल्य घट्यो


    पब्लिक टुडे समाचारदाता
    काठमाडौं, भदौं २४ गते ।
    नेपाल आयल निगमले डिजेल/मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ ।

    [custom-facebook-feed]

    नेपाल-भारत पेट्रोलियम पाइपलाइनको उद्घाटनसँगै तीन प्रकारको इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ ।

    आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । मूल्य घटेसँगै प्रतिलिटर डिजेल/मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ ।

    निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाउँदै छ । पाइपलाइनाबाट इन्धन भित्रयाउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ ।

    रिमोट थिचेर ओली र मोदीले गरे पाइपलाइनको उद्घाटन (भिडियो सहित)




    क्याटेगोरी : अर्थ, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस