• The Public Today
  • नेपालमा अपराध गरेर उम्कन सजिलो छैन : आइजिपी खनाल


    काठमाडौं, भदौं २४ गते । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपालमा आएर अपराध गर्ने विदेशी उम्कन नसक्ने बताएका छन् ।

    [custom-facebook-feed]

    मंगलबार नेपाल प्रहरीका तीनवटा भवन शिलान्यास समारोहमा खनालले विभिन्‍न देशमा अपराध गरेर उम्किएकाहरूलाई पनि नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको दाबी गरे।

    नेपाल प्रहरीको कार्य क्षमताको अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा भइरहेको र प्रहरीले सम्मान पाइरहेको बताउँदै आइजिपी खनालले भने, ‘यहाँ अपराध गरेर उम्कन सजिलो छैन, यदि कसैले त्यस्तो सोचेर आउँछ भने त्यो गलत हुन्छ।’

    यहाँ अपराध गरेर उम्कन सजिलो छैन, यदि कसैले त्यस्तो सोचेर आउँछ भने त्यो गलत हुन्छ।

    केहीदिन अघिमात्रै बैंक लुट्ने समूह र नेपाली युवती विवाह गरेर लैजान लागेकालाई प्रहरीले उम्कन नदिएको प्रसंग पनि उनले उल्लेख गरे। खनालले भने, ‘विभिन्न देशबाट भाग्न सफल बालयौन दूराचारी पनि यहीँ समातिएका छन्।’

    आइजिपी खनालले महानगरीय अपराध महाशाखा टेकु, महानगरीय प्रहरी परिसर भद्रकाली र नेपाल पुलिस क्लव भृकुटीमण्डपमा बन्ने बहुउद्देश्यीय भवनको मंगलबार छुट्टाछुट्टै शिलान्यास गरेका हुन्।

    उनले सबै भवनको निर्माण पारदर्र्शी रुपमा हुने बताए। निर्माणका क्रममा कुनै पनि किसिमको अनियमितता सह्य नहुने बताउँदै खनालले तोकिएको समयमै गुणस्तरीय भवन निर्माण सम्पन्न गर्नेतर्फ अग्रसर हुन आग्रह गरे।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस