• The Public Today
  • बर्दिवासलाई शुन्दर सहर बनाउन सरसफाई


    पब्लिक टुडे समाचारदाता
    बर्दिवास, भदौ २५ गते ।
    महोत्तरीको बर्दिवास नगरपालिका भित्रको फोहोर व्यवस्थापन गरी बर्दिवासलाई सुन्दर बर्दिवास बनाईने भएको छ ।

    [custom-facebook-feed]

    बजारक्षेत्रलाई सफा गर्ने अभियान निरन्तर अघि बढाउन मंगलबार एक समिति गठन भएको छ । बजार क्षेत्रको फोहोर सफा गर्न र बजारलाई व्यवस्थापन गर्न वडा नम्बर १ का वडाध्यक्ष चुडामणी पोखरेलको संयोजकत्वमा २३ सदस्यीय समिति गठन भएको हो ।

    बर्दिवास मा रहेको फोहोरमैला व्यवस्थापन गर्दै नगरलाई सौन्दर्यकरण गर्ने योजना अन्र्तगत बर्दिवास नगरपालिकाका नगर प्रमुख विदुर कुमार कार्की, अन्य जनप्रतिनिधी, उद्योगि, व्यापारी, समाजसेवी, विभिन्न संघ-संस्थाका प्रतिनिधि, सुरक्षाकर्मि, पत्रकार लगायको उपस्थितिमा बर्दिवासका सवै संघ संस्थाका प्रमुख तथा प्रतिनिधि सहभागि हुनेगरि गौतम होटलमा भएको एक भेलाले समिति गठन गरेको हो ।

    बर्दिवास नगरपालिकाले बर्दिवास नगरलाई सफा गर्ने अभियान पटक पटक चलाएको भएपनि नगरबासीको फोहोर गर्ने बानि नहटेसम्म सफा गर्ने अभियान सफल बनाउन नसकिएको नगरपालिकाका मेयर विदुर कुमार कार्किले बताए । चाँडपर्व नजिकै आईरहेकोले नगरपालिकाको नगर सफा गर्नपर्ने दायित्वमा समिति बनाएर बर्दिवास वासी सबैले नगरलाई साथ दिन लागेपछि आफुलाई निकै खुशी लागेको पनि कार्किले बताए । सफाई गर्ने अभियानमा समितिलाई साथ दिदै सहयोग गर्ने मेयर कार्किले प्रतिवद्धता जनाए ।

    नगरभित्र फोहोर उत्पादन नगरौ, कम गरौ र उत्पादन भएका फोहोरलाई व्यवस्थापन गरौ भन्ने चेतना सबै नगरबासीमा पु¥याएर, फोहोर व्यवस्थापनमा आजसम्म अपनाईएका उपाए सफल भए भएनन् भन्दै अन्तरक्रिया गरी थप योजना लिएर अघि बढ्नपर्ने नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले बताए ।

    बर्दिवासको फोहोर व्यवस्थापन गर्दै बजार व्यवसथापनमा पनि समितिले सक्रिय भुमिका खेल्ने समितिका संयोजक वडा नं १ का वडाध्यक्ष चुडामणि पोखरेलले बताए । फोहोर गर्नेलाई कार्वाहि गर्न र सफा गर्नेलाई प्रोत्साहन गर्न पनि स्थानियले आवाज उठाएका छन् । बर्दिवासलाई सफा गर्ने अभियानमा लागेका होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष्ँ हिरालाल गौतमले फाहोर व्यवस्थापन गरि आफ्नो गाउ“ र नगरलाई सफा र स्वस्छ राख्न स्वयम आफु स्वस्फुर्त भएर लाग्न सबै व्यक्तिलाई आग्रह गरे ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस