विप्लवका छोरा प्रकाश चन्दसहित १५ जना चितवनबाट पक्राउ

चितवन, भदौं २५ गते । प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) का छोरा प्रकाश चन्द चितवनबाट पक्राउ परेका छन् ।

[custom-facebook-feed]

उनलाई चितवन मेडिकल कलेज परिसरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशसहित अन्य १५ जना विद्यार्थी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । केही दिन अगाडिदेखि चितवन मेडिकल कलेजका विद्यार्थी विभिन्न माग राखी आन्दोलनरत छन् ।

अस्पतालको सेवा प्रवाहमा अवरोध गरेको र तोडफोड गर्न खोजेपछि प्रकाशसहित १५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार