• The Public Today
  • संविधान दिवसको दीपावली तहसनहस पार्छौं : लक्ष्मण थारु


    काठमाडौं, भदौं २५ गते । आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न राजनीतिक दलहरू, पहिचानजनित मोर्चा÷समितिहरू र दलहरूसम्बद्ध जातीय, क्षेत्रीय मोर्चा÷घटकहरूले असोज ३ गते संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने घोषणा गरेका छन् ।

    [custom-facebook-feed]

    रिपोर्टर्स क्लबमा संयुक्त पत्रकार सम्मेलन गरी उनीहरुले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने घोषणा गरेका हुन् ।

    पत्रकार सम्मेलनमा बोल्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले असोज ३ गते संविधानको दीपावली तहसनहस बनाइदिने चेतावनी दिए । सरकारले दीपावली गर्ने दिन कालो दिवसका रुपमा प्रदर्शन गर्ने भन्दै उनले भने, ‘सरकारले मनाउने असोज ३ गतेको संविधान दिवसको दीपावलीलाई हामी तहसनहस पार्छौं ।’

    संयोजक थारुले प्रधानमन्त्री केपी शर्मा ओली दमनकारी बाटोमा लागेको भन्दै सिधासिधा सरकारसँगै लड्ने बताए ।

    ‘ओली सरकार अहिले देशलाई तहसनहस गराउने नियतका साथ अघि बढेको छ, तर यदि यो सरकारसँग हिम्मत र तागत छ भने आदिवासी जनजातिसँग सिधासिधि आएर लडे हुन्छ । हामी लड्न तयार छौं,’ उनले भने ।’

    त्यस्तै, कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले सबै जाति र भाषाको संविधान नभएसम्म आफूहरुले खुशीयाली नमनाउने स्पष्ट पारे ।

    अध्यक्ष बरामले कालो दिवस मनाउने क्रममा राज्यले दमन गरे बाध्य भएर प्रतिकारमा उत्रिने चेतावनी समेत दिए । ‘हामी शान्तिपूर्ण रुपमा संविधान दिवसलाई कालो दिनको रुपमा मनाउँछौं । तर, सरकार हामीमाथि दमनकारी रुपमा प्रस्तुत भए हामी पनि बाध्य भएर जाइलाग्न तयार छौं ,’ उनले भने ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस