• The Public Today
  • अनुलाई सोनाको जवाफ : मुसा फेरि नालीमा आयो


    भदौं २६ गते : भारतीय संगीतकार अनु मलिकलाई सोनी टेलिभिजनले इन्डियन आइडलमा फर्काएपछि एकजना गायिकाले भनेकी छिन् ‘आखिर मुसा नालीमा आयो।’

    [custom-facebook-feed]

    गायिका सोना मोहपात्राले अनु मलिकलाई आफूमाथि यौन दुर्व्यबहार गरेको आरोप लगाएकी थिइन्। ‘मि टू’ अभियानमा सामेल हुँदै सोनाले यो आरोप लगाएपछि मलिक इन्डियन आइडलबाट बाहिरिएका थिए। तर, टेलिभिजनले फेरि मलिकलाई भित्र्याएको छ।

    यो खबरपछि सोनाले ट्वीट गरेकी छिन् ‘केही आरोपीको पुर्नवास, सोनी टिभीद्ववारा एक वर्षभित्र अनु मलिकलाई फेरि इन्डियन आइडलमा बोलाउनु ती मानिसहरूको मुखमा थप्पड जस्तै हो जो, भारतमा आफ्ना बच्चाहरुको बृहत्तर र सुरक्षित भविष्य चाहन्थे, आखिर मुसा नालीमै आयो।’

    सोनाको आरोप छ कि, आफू १५ वर्षको उमेर हुँदा मलिकले उनलाई एउटा स्टुडियोमा गीत रेकर्ड गर्नका लागि बोलाएका थिए। अनि उनले सोनालाई भनेका थिए ‘यो गीत सुनिधी र सानको साथ दिनेछु तर, त्यसका लागि तिमीले मलाई अहिले किस गर्नुपर्छ।’

    यो २०११को कुरा थियो ।

    सोनाले भनेकी छिन् ‘मलिक र मेरो पारिवारिक सम्बन्ध पनि छ। उनले मेरो बुवालाई आफ्नै दाजुभाई जस्तै ठान्थे। के आफ्नै दाजुभाईकी छोरीसँग पनि कसैले यस्तो माग गर्छ? यो मेरो लागि सबैभन्दा पीडाको पल थियो र, यसलाई मलाई कैयौ दिनसम्म तनावमा पिरोल्यो।’ एजेन्सी


    क्याटेगोरी : मनोरंजन

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस