• The Public Today
  • सडक विस्तार गर्न जानकी मन्दिरको पर्खाल भत्काएपछि विवाद


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, भदौं २६ गते ।
    जनकपुरधामको प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरको पर्खाल भत्काएपछि स्थानीय युवाहरु विरोधमा उत्रेका छन् ।

    [custom-facebook-feed]

    सडक विस्तारका लागि एसियाली विकास बैंकको सहयोगमा सञ्चालित एकीकृत शहरी विकास आयोजनाअन्तर्गत मन्दिरको जग्गा समेत प्रयोग भएपछि युवाहरुले विरोध गरेका हुन् ।

    जनकपुरभित्र अन्य सडकहरु विस्तार भइसके पनि विवादका कारण जानकी मन्दिर पूर्वतर्फको सडक विस्तार हुन सकेको थिएन । सडक विस्तारका लागि मन्दिरको जग्गा प्रयोग गरिए विश्वसम्पदा सूचीमा पर्ने सम्भावना न्यून हुने स्थानीयको भनाइ छ ।

    जनकपुरधाम उपमहानगरपालिकाले मन्दिरको पूर्वतर्फको सडक ९ मिटर फराकिलो बनाउने मापदण्ड निर्धारण गरेको छ । यस अनुसार सडकको दुबैतर्फ ३/३ फिट जग्गा अधिग्रहण गरिएको छ ।

    मापदण्डअनुसार सडक निर्माण गर्दा मन्दिरको साबिकको जग्गा साँघुरिएको हो । स्थानीय युवाहरुकै विरोधका कारण करिब तीन महिनादेखि त्यहाँ सडक निर्माण हुन सकेको थिएन । तर अहिले आएर उपमहानगरपालिकाले निर्माण सुरु गरेपछि फेरी विवाद चर्केको हो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस