• The Public Today
  • घुससहित सिरहा अदालतका सवारीचालक पक्राउ


    पब्लिक टुडे समाचारदाता
    सिरहा, भदौं २६ गते ।
    सिरहा जिल्ला अदालतका सवारीचालक घुस सहित पक्राउ परेका छन् ।

    [custom-facebook-feed]

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले सिरहा जिल्ला अदालतका चालक विजुमोहन यादवलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।

    मुद्दा जिताईदिने भन्दै उनले सेवाग्रहीसँग रकम माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।

    सेवाग्राहीसँग १ लाख १० हजार घुँस लिदै गरेको अवस्थामा चालक यादवलाई अख्तियार टोलीले सिरहास्थित खड्का होटलबाट आज दिउँसो एक बजे पक्राउ गरेको हो ।


    क्याटेगोरी : अपराध, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस