• The Public Today
  • रौतहटमा गोली चल्यो, अवस्था तनावग्रस्त


    रौतहट, भदौं २६ गते । रौतहटको राजपुर नगरपालिका ८ कुडिआमा फेरि झडप भएको छ ।  झडपका क्रममा प्रहरीले २१ राउण्ड अश्रुग्यास र ८ राउण्ड हवाइ फायर गरेको छ । 

    [custom-facebook-feed]

    मुस्लिम समुदायको मुहरर्म पर्व मनाउन गएका युवाहरूले हिन्दुहरुले मनाउने पर्व छठ घाटमा झण्डा गाडेपछि सुरु भएको विवाद अझै साम्य हुन नसकेको हो । 

    बिहीबार बिहान झण्डा हटाउने विषयमा सर्वपक्षीय सहमति जुटेपछि प्रहरीले झण्डा हटाएकोमा केही मुस्मिल युवाको समूहले फेरि झण्डा गाड्न थालेपछि तनाव सिर्जना भएको र स्थितिलाई नियन्त्रणमा लिँदा प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सो क्रममा केही व्यक्तिहरु घाइते भएको बताइएको छ । अहिले सो क्षेत्र तनाब ग्रस्त छ ।

    यही विवादमा बुधबार साँझ पनि झपड हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ८ सेल अश्रुग्यास सहित २९ राउन्ड हवाई फायर गरेको थियो । 


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस